आज बालाचतुर्दशी पशुपतिसहित देशभरका शिवालयहरूमा शतबीज छरिँदै छ । आज दिवंगत पितृको सद्गतिको कामना गरी शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । हिजो रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन ।
आज बालाचतुर्दशी पशुपतिसहित देशभरका शिवालयहरूमा शतबीज छरिँदै












