Advertisement

आज बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्ति हुदै

नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुँदैछन ।
कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन ।बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।बानियाँले कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जनाको समर्थनसहित सोमबार नै दाबी पेश गरेका हुन । प्रदेश प्रमुख कार्यालयले दिउँसो ४ बजे बानियाँको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम तय गरेको छ ।