आज बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुले शपथग्रहण लिने भएको छ ।
उनीहरुलाई मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो १ बजेका लागि तय भएको बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए ।नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण विहीबार मात्र हुन लागेको हो ।
संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन ।तर लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजीनामा दिनु नपर्ने बताइरहेका छन ।
आज बागमतीका नवनियुक्त मन्त्रीहरुले शपथग्रहण लिने












