Advertisement

आज दिउँसो १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्दै

आज दिउँसो १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।
बैठकमा दुई विधेयकसम्बन्धी प्रस्तावहरू पेस गरिने सम्भावित कार्यसूची तय गरिएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । त्यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम पनि तय भएको छ।