आज गर्ने भनिएको नेपाल बन्दको कार्यक्रम दुर्गा प्रसाईँको अभियानले फिर्ता लिएको छ ।
सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबिच शनिबार बालुवाटारमा भएको वार्ताका क्रममा सहमति भएको हो । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा विस्तृत छलफल भएको थियो । छलफलका क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाअभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल,वार्ता र सहजीकरण गर्दै जाने सहमति समेत भएको जनाइएको छ ।
आज गर्ने भनिएको नेपाल बन्दको कार्यक्रम दुर्गा प्रसाईँको अभियानले फिर्ता लियो












