हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ । सोमबार तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ। देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका एक-दुई स्थानमा हलका हिमपात र वर्षाको सम्भावना रहेको छ ।
मौसम अपडेट











