राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान सुरु भएको छ ।
राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि मतदान सुरु भएको हो । कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकोले बाँकी १७ पदका लागि मतदान सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र रहेको छ । त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान केन्द्र रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान सुरु












