अन्तरिम सरकारका तीन मन्त्रीहरुले गत भदौ २३ र २४ गते काठमाडौँ लगायत देशभर जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अनुगमन गरेका छन ।
आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले नयाँ बानेश्वरस्थित संसद् भवनको अनुगमन गरेका हुन । भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायतविरूद्ध प्रदर्शनकारीहरूले आन्दोलन गरेका थिए । सोही क्रममा संसद् भवनमा तोडफोडका साथै आगजनी गरिएको थियो ।
मन्त्रीहरुले गरे क्षतिग्रस्त सङ्घीय संसद् भवनको अनुगमन












