सोमबार र मंगलबार भ्रष्टाचार,बेतिथि र सामाजिक सञ्जाल बन्द विरुद्ध भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो












