नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भदौ ९ गते पार्टी स्थापना दिवस मनाउने भएको छ ।
पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन मातहतका सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ। पार्टीले देश तथा विदेशमा रहेका जनवर्गीय संगठनलाई पनि दिवस मनाउन आह्वान गरेको हो। पार्टीले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह, पार्टीका जनवर्गीय संगठन र विभिन्न विभाग तथा तहहरूले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन दिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।पार्टी जिल्ला कमिटीले दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तक्र्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदानलगायत कार्यक्रम गर्ने जनाइएको छ। केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको उपप्रमुख दामोदर अर्यालले बताए।
भदौ ९ गते पार्टी स्थापना दिवस मनाउँदै नेकपा एकीकृत समाजवादी












